+
+
Shares

‘परालको आगो’ को टिजर : अहिले पनि उत्तिकै सान्दर्भिक महिला पीडाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १२:४३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्म ‘परालको आगो’ गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश कथामा आधारित छ।
  • फिल्म ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ र प्रकाश सपुत, सुहाना थापा मुख्य भूमिकामा छन्।

काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश सोही नामको कथावस्तुमा फिल्म आधारित छ ।

तपाईंले उक्त कथा पढ्नु भएको छ भने यो फिल्मको ‘दृश्य रुपान्तरण’ बारे चासो हुनसक्छ । सार्वजनिक गरिएको टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।

पति-पत्नीको मनमुटाव टिजरमा देख्न सकिन्छ । प्रकाश सपुत र सुहाना थापा यसमा जोडीको भूमिकामा छन् । श्रीमतीले पँधेरोबाट पानी लिएर ढिलो आएपछि श्रीमानले कुट्छन् ।

छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खालका कुरा प्रकाशले गर्छन् ।

दशकौंअघिको नेपाली ग्रामीण परिवेशको सेटिङमा फिल्म छायांकन गरिएको हो । फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको पनि अभिनय छ ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुशील देवकोटाले मुल कृतिबाट पटकथामा रुपान्तरण गरेका हुन् । फिल्ममा सुशील पोखरेलको लगानी छ ।

‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?