+
+
Shares

निर्वाचन परिवेक्षणको रिपोर्ट : अपांगमैत्री भएन, निर्वाचन प्रहरीमाथि फरक व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १३:३१

काठमाडौं । महिला, कानुन र विकास मञ्च ‘एफडब्लुएलडी’को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमामा लैगिक अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा आयोजना गरिएको थियो ।

कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले प्रतिवेदनबारे प्रस्तुति दिएका थिए ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार काम नभएको पाइएको र मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी रहेको पाठकले बताए । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको उनले उल्लेख गरे ।

मतदान हुनु अघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जे–सी विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको उनले जानकारी दिए । पाठकका अनुसार यसमा एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाको सहकार्य थियो ।

सात प्रदेशका २४ जिल्लामा रहेको १६० बुथको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले जानकारी दिए । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट ढिलो स्वीकृत पाएकाले पर्याप्त तयारी गर्न समय अभाव रहेको उनले बताए । यद्यपि सातै प्रदेशका मतदान केन्द्रहरूमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर पर्यवेक्षणमा पठाइएको कार्यक्रममा बताइयो ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र तयार नभएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । ‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन्’ श्रेष्ठले भने, ‘मतदान केन्द्र नै पर्याप्त सूचनाबाट वञ्चित रहेकाले आउँदा दिनमा मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदानस्थल अपांगतामैत्री नभएको र मतदानपछि फर्किने बाटोमा वृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव सेयर गरेकी थिइन् । उनले मतदान स्थल महिलामैत्री भएको तर मतदानपश्चात निस्कने बाटोका बारेमा ध्यान नपुर्‍याएको अनुभव सुनाइन् ।

पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाले ६ जिल्लाको विभिन्न १२ वटा बुथमा पुगेर पर्यवेक्षण गरेको थियो । मतदान गर्ने बनाइएको लाइन अव्यवस्थित, निर्वाचन महिला प्रहरीमाथि फरक व्यवहार भएको र मतदान अधिकृतको रुखो व्यवहार पर्यवेक्षणको क्रममा प्राप्त भएको संस्थाकी ज्योति रानाले बताइन् ।

यसैगरी शान्तिका लागि अभियान संस्थाकी विन्द्रा महर्जनले नेपाली भन्दा विदेशी पर्यवेक्षकलाई मात्र महत्व दिएको बताइन् । यसैगरी महिला अपांग संघकी अध्यक्ष सुस्मिता श्रेष्ठले मतदान केन्द्र अपांगमैत्री नभएको उल्लेख गरिन् ।

कार्यक्रममा पर्यवेक्षणको क्रममा खिचिएका तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो । जसमा मतदान केन्द्र निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको अवस्था देखाइएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?