+
+
Shares

गौरादहका मेयर सुवेदीमाथि हातपात

पक्राउ परेका व्यक्ति  केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । मदिरा सेवनपछि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १४:४५

२६ फागुन, विराटनगर । झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् ।

प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् ।

हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको जाहेरीपछि पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति  केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । मदिरा सेवनपछि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?