+
+
Shares

काठमाडौंको बाफलमा मोटरसाइकल र स्टकुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियार रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १६:५०

२५ फागुन, काठमाडौं । काठमाडौंको बाफलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियार रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा बा.प्र.०२-०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु.७९ प ३४९ नम्बरको स्कुटर सोमबार बिहान एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते रौनियारलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पताल र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?