+
+
Shares

सेयर बजारमा साढे २१ अर्बको कारोबार, घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजारमा २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे ७ महिनयताकै उच्च हो।
  • नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३ अंकमा कायम भएको छ, जबकि ७८ कम्पनीको मूल्य बढेको छ।
  • रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ भने हिमस्टार ऊर्जाको मूल्य ६.३६ प्रतिशतले घटेको छ।

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ साउन ३१ गते बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।

चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो । जसले गर्दा किनबेच गर्न चाहनेले पनि पाएका थिएनन् । अघिल्लो दिन जम्मा ५५ करोडको कारोबार भएको थियो ।

कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंक (१.११ प्रतिशत) घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८४३ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो ।

बजारमा आज तीव्र उतारचढाव देखियो । कारोबार सुरु भएपछि नेप्से परिसूचक १२ : ३५ बजे २७९६ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएर अन्तिम समयसम्म कायम रह्यो ।

७८ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ५ को स्थिर रह्यो । निर्जीवन बीमा ०.४७ र जीवन बीमा ०.५१ प्रतिशत बढे । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक छन् । थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?