News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिमले मध्यूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ।
- ईआरटीको दोस्रो बैठकले मध्यपूर्वी देशहरूमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीहरूको उद्धारका लागि उडान सञ्चालनको सम्भावना खोज्ने निर्णय गरेको हो।
- परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न समन्वय र पहल निरन्तरता दिने र इमरजेन्सी कन्ट्रोल रूमबाट सहयोग उपलब्ध गराउने जनाएको छ।
२६ फागुन, काठमाडौं । मध्यूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गरिने भएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी) को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । इजरायल र अमेरिकाको आक्रमणपछि इरानले खाडी तथा मध्यपूर्वी देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ ।
जसले गर्दा ती देशहरूमा रहेका नेपालीको सुरक्षा चिन्ता बढिरहेको छ । उक्त परिस्थितिका विषयमा आवश्यक निर्णय गर्न तथा सहजीकरण गर्नका लागि सरकारले परराष्ट्र सचिव राईको संयोजकत्वमा ईआरटी गठन गरेको थियो ।
ईआरटीको दोस्रो बैठकले मध्यपूर्वी देशहरूमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीहरू त्यही रोकिएका छन् । उनीहरूको उद्धार गरेर सम्बन्धित गन्तव्यसम्म पुर्याउन हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय भएको हो ।
बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गरिएको थियो ।
नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने समेत निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रूम र नियोगहरूसँग सम्पर्कमा आएका नेपालीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो ।
ती क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित ईआरटीले आवश्यक कार्य गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4