+
+
Shares

कतारमा घरभित्रै बस्न भनियो, क्षेप्यास्त्र आक्रमण विफल पारिएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ।
  • कतारले उच्च खतरा स्तरको चेतावनी जारी गर्दै देशवासीलाई घरभित्रै बस्न आग्रह गरेको छ।
  • बहराइन रक्षा बलले अमेरिकी सेना आश्रय दिने राष्ट्रमाथि इरानको जवाफी आक्रमणमा १०५ क्षेप्यास्त्र र १७६ ड्रोन नष्ट गरेको जनाएको छ।

२६ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ ।

राजधानी दोहाको आकाशमा पटक-पटक विस्फोटका आवाज सुनिनुका साथै उच्च खतराको चेतावनी जारी गरिएपछि यो घटना भएको हो।

यसअघि कतारले उच्च खतरा स्तरको चेतावनी जारी गर्दै देशवासीहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको छ।

कतारले आफ्नो रक्षा गर्न निरन्तरता दिने र इरानी आक्रमणको सामना गर्नुलाई प्राथमिकतामा राख्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

अलजजिराका अनुसार, कतारी अधिकारी माजिद अल-अन्सारीले कतार अझै पनि कूटनीतिमा विश्वास गर्छ तर कुनै पनि आक्रमणको उचित जवाफ दिइने बताए।

युद्ध सुरु भएयता कतारका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच एकपटक मात्रै सम्पर्क भएको बताउँदै उनले सञ्चारका माध्यमहरू बन्द नभएको र कतार तनाव कम गर्नेतर्फ केन्द्रित रहेको थपे।

उनले महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित हुन सक्ने सम्भावनालाई रोक्न कतारले आवश्यक कदम चालेको बताए। ऊर्जा केन्द्रहरूलाई लक्षित गर्नु खतरनाक रहेको र यसको दुष्परिणाम यस क्षेत्रभन्दा बाहिर पनि पर्ने उनले चेतावनी दिए।

यसैबीच, बहराइन रक्षा बलको जनरल कमाण्डले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेना र सैन्य सम्पत्तिलाई आश्रय दिने राष्ट्रहरूमाथि इरानले गरेको जवाफी आक्रमणले यस क्षेत्रलाई गाँजेयता १०५ वटा क्षेप्यास्त्र र १७६ वटा ड्रोनलाई विफल पारी नष्ट गरिएको जनाएको छ।

विज्ञप्तिमा वायु रक्षा प्रणालीले इरानका जघन्यआक्रमणहरूको निरन्तर जवाफ दिइरहेको बताइएको छ।

(एजेन्सीहरूको सहयोगमा)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?