+

आईपीएल २०२६ : उद्‍घाटन खेल आरसिबी र सीएसकेबीच हुने सम्भावना

२०८२ फागुन  २७ गते ११:३५ २०८२ फागुन २७ गते ११:३५
आईपीएल २०२६ : उद्‍घाटन खेल आरसिबी र सीएसकेबीच हुने सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो मार्च २८ देखि सुरु हुने आईपीएल २०२६ को उद्घाटन खेलमा गत सिजनका च्याम्पियन आरसिबी र उपविजेता पीबीकेएस नखेल्ने भएका छन्।
  • आईपीएल उद्घाटन खेल च्याम्पियन आरसिबी र पाँचपटक विजेता चेन्नइ सुपर किङ्सबीच हुने सम्भावना रहेको छ।
  • भारतीय क्रिकेट बोर्डले कप्तान र कोचसँगको बैठक मार्च २५ मा मुम्बईमा गर्ने र कप्तानहरूको फोटो शूट मार्च १५ मा नयाँ दिल्लीमा हुने जनाएको छ।

२७ फागुन, काठमाडौं । आउँदो मार्च २८ देखि सुरु हुने १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा गत सिजनका दुई फाइनालिस्ट नखेल्ने भएका छन् ।

च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र उपविजेता पञ्जाब किङ्स (पीबीकेएस) बीच उद्‍घाटन खेल हुने सम्भावना नरहेको समाचार संस्था क्रिकबजले जनाएको छ । आरसिबी र पीबीकेएसले सिजनका पहिलो दुई दिन अलग–अलग खेल खेल्ने छन्।

आईपीएलको सुरुवात हाई–प्रोफाइल खेलबाट गर्ने गरिएको छ । यसपटक उद्घाटन खेल च्याम्पियन आरसिबी र पाँचपटकको विजेता चेन्नइ सुपर किङ्स (सीएसके) बीच हुन सक्ने सम्भावना छ।

उपविजेता टोली पीबीकेएसले आफ्नो पहिलो खेल २९ मार्चमा गुजरात टाइटन्सविरुद्ध आफ्नो घरेलु मैदान मुल्लानपुरमा खेल्नेछन्।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले फ्रेन्चाइजहरुलाई दिएको जानकारी अनुसार कप्तान र कोचसँगको बैठक मार्च २५ मा मुम्बईमा हुनेछ। बैठकको एजेन्डा पछि शेयर गरिनेछ। आगामी सिजनका मुख्य परिवर्तनहरू प्रायः सोही बैठकमा छलफल गरिन्छ।

साथै, कप्तानहरूको फोटो शूट मार्च १५ मा नयाँ दिल्ली मा हुनेछ।

आईपीएल क्रिकेट आईपीएल २०२६ चेन्नई सुपर किङ्स पञ्जाब किङ्स रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय