+
+
Shares

जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा १८ वर्षीया सुत्केरी अस्मिता नेपालीलाई स्वास्थ्य समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
  • अस्मितालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया पछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

२८ फागुन, काठमाडौं । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म बेथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

तर प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको प्रतिष्ठानले बताएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?