News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली युवाले सञ्चालन गरेको 'ल बसम' राइड-सेयरिङ एपको व्यवसायिक दूतमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छन्।
- 'ल बसम' सेवा हाल काठमाडौंबाट सञ्चालनमा आएको छ र निकट भविष्यमा अन्य सहरमा विस्तार गर्ने लक्ष्य लिएको छ।
- कम्पनीका सञ्चालक विष्णुराज गिरीले विदेशी राइड-सेयरिङ एपबाट ठूलो रकम विदेशिएको र स्वदेशी सेवा सञ्चालन महत्वपूर्ण उपलब्धि भएको बताए।
काठमाडौं । नेपाली युवाले सञ्चालनमा ल्याएको ‘ल बसम’ राइड-सेयरिङ सेवाको व्यवसायिक दूतमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छन् । कम्पनीले विज्ञप्तिमार्फत उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको जनाएको हो ।
नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा तयार गरिएको उक्त सेवा हालै सञ्चालनमा आएको थियो । सुरुमा संघीय राजधानी काठमाडौंबाट सेवा थालेको ‘ल बसम’ले निकट भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
व्यवसायिक दूत बनेपछि अभिनेत्री सिवाकोटीले खुसी व्यक्त गरिन् । वर्षा पछिल्लो समयकी लोकप्रिय र डिमान्डेड अभिनेत्री हुन् । स्वदेशी राइड-सेयरिङ सेवासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।
विदेशी राइड-सेयरिङ एपमार्फत ठूलो रकम विदेशिएको र स्वदेशी सेवा सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि रहेको कम्पनीका सञ्चालक विष्णुराज गिरीले बताए ।
कामको कुरा गर्दा, अभिनेत्री सिवाकोटी पछिल्लो समय ‘टीका’ फिल्ममा ब्यस्त छिन् । यसअघि वर्षा जेरेना वेलनेस प्रालिको दूतमा नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया 4