+
+
Shares

ओली-लेखक पक्राउबारे नेपाल बारको टिप्पणी : सरकारले गैरकानुनी काम गर्‍यो

उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको दाबी समेत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्ने निर्णय सरकारको अधिकार क्षेत्रभित्र नभएको बताए।
  • मिश्रले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही खण्डे भएको र क्याबिनेटले सो निर्णय कार्यान्वयन गर्ने अधिकार नरहेको दाबी गरे।
  • उनले क्याबिनेटले मुद्दा चलाउने विषयमा निर्णय गर्ने अधिकार नरहेको र कानुनको प्रयोग पूर्वाग्रही भएर नहुने स्पष्ट पारे।

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको नेपाल बार एसोसिएसनले टिप्पणी गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सरकारले ओली र लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रीपरिषद्‍बाट गराउने अधिकार नै नभएको जिकिर समेत गरे ।

उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको दाबी समेत गरे ।

सरकारले हुँदै नभएको अधिकार प्रयोग गरेर सो आयोगको प्रतिवेदन कार्यान्वयन गराउने निर्णय क्याबिनेटबाट गराउनु गलत भएको अध्यक्ष मिश्रको भनाइ थियो ।

उनले भने, ‘यो क्याबिनेटले गर्ने भनेको पोलिसी डिसिजन, बजेट चलाउने, राज्यको शान्ति सुरक्षा कायम गर्ने भन्ने हो । कुनै जाहेरी परेको अवस्थामा प्रहरीले प्रारम्भिक छानबिन गर्ने अनि सो प्रतिवेदन सरकारी वकिलकोमा लैजाने । अनि सरकार वकिलले मुद्दा चलाउने वा नचलाउने भनेर निर्णय गर्छ । क्याबिनेटले यस्तो मुद्दा चलाउने विषयमा निर्णय गर्ने अधिकार राख्दैन । त्यसैले यो पूर्वाग्रह हो । मानिसलाई सधैं धरापमा राख्ने, जोखिममा राख्ने किसिमले कानुनको प्रयोग गर्न हुँदैन । यो खण्डे प्रतिवेदन भयो । स्वीकार्य छैन ।’

अध्यक्ष मिश्रले सरकारले कुनै पनि आयोगको प्रतिवेदन अदालतको अनुमति विना कार्यान्वयनमा लैजाने कानुन व्यवस्था नभएको पनि स्पष्ट परे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?