+
+
Shares

जेनजी आन्दोलनका घाइतेलाई भेटेपछि र्‍यापर टुकी : तिमीलाई न्याय मिल्यो बाबु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १४:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन मुलुक कार्यकारी प्रमुख बनेपछि हिपहप समुदायमा उत्साह छ र कलाकारहरूले सामाजिक सञ्जालमा प्रशंसा व्यक्त गरिरहेका छन्।
  • बालेन नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् र र्‍यापर टुकीले जेनजी आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेर न्यायको समर्थन जनाएका छन्।

काठमाडौं । आफ्नै समुदायबाट राष्ट्रिय राजनीतिमा उदाएका बालेन मुलुकको कार्यकारी प्रमुख बनेपछि नेपालको हिपहप समुदायमा बेग्लै उत्साह छ । हिपहप कलाकारले सामाजिक सञ्जालमा प्रशंसाका शब्द बर्साइरहेका छन् ।

यस्तोमा, बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको सरकारले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गर्‍यो । लगत्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे ।

जेनजी आन्दोलनका मागलाई सरकारले सम्बोधन गर्न थालेपछि र्‍यापरहरूले यसबारे प्रतिक्रिया पनि दिइरहेका छन् । र्‍यापर टुकी त जेनजी आन्दोलनका घाइते सन्तनु ढकाललाई भेट्न पुगे ।

भेटबारे जानकारी दिँदै टुकीले सन्तनुसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई न्याय मिल्यो बाबु ।’

खास नाम, नीरज मल्ल ठकुरी रहेका टुकी पछिल्लो समय निकै रुचाइएका हिपहप कलाकार हुन् । उनका गीतमा पनि विद्रोही चेत झल्किन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?