+
+
Shares

‘पाँच पाण्डव’ मा जोडिइन इभा गिरी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १५:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मल्टिस्टारर फिल्म 'पाँच पाण्डव' को छायांकन झापाका विभिन्न स्थानमा दुई सातादेखि भइरहेको छ।
  • फिल्ममा कन्टेन्ट क्रिएटर इभा गिरी र अभिनेता प्रशान्त ताम्राकार नयाँ रूपमा जोडिएका छन्।
  • निर्माता कम्पनी कालीरानी फिल्म्सले छायांकनको १४ औं दिनमा यी कलाकारहरूको प्रवेश भएको जनाएको छ।

काठमाडौं । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’ को छायांकन अहिले पूर्वी नेपालको झापाका विभिन्न थलोमा भैरहेको छ । दुई सातादेखि त्यहाँका विभिन्न स्थानमा फिल्म छायांकन भैरहेको हो ।

यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । छायांकन सुरु भएको दुई साता बित्नै लाग्दा पनि यो फिल्ममा कास्टिङ प्रक्रिया जारी छ ।

यो फिल्म चर्चित कन्टेन्ट क्रिएटर तथा कलाकार इभा गिरी र अभिनेता प्रशान्त ताम्राकारको प्रवेश भएको छ । यी दुई जना कलाकार लाइनअपमा जोडिएको निर्माताले विज्ञप्तिमार्फत जनाएका छन् ।

छायांकनको १४ औं दिनमा उनीहरू जोडिएको निर्माता कम्पनी कालीरानी फिल्म्सले जनाएको छ । यसअघि यो फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सागर लम्साल, दीपाश्री निरौला अनुबन्धित छन् ।

वसन्त निरौलाले फिल्मको निर्देशन गरिरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?