News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वासित तिब्बती धर्मगुरू दलाई लामाका सरकार प्रमुख सिक्योंग पेन्पा छिरिङले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
- छिरिङले बालेन्द्रको उदयलाई नेपालका जनताको र विशेषगरी युवापुस्ताको आकांक्षाको प्रतीक भनेका छन्।
- उनले नेपालमा रहेका तिब्बती समुदायले सामाजिक र आर्थिक संरचनामा लामो समय योगदान पुर्याएको उल्लेख गरेका छन्।
१५ चैत,काठमाडौं । निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको सरकारका प्रमुख सिक्योंग पेन्पा छिरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई नेपालका जनताको र विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् ।
‘नेपालको इतिहासको यस महत्वपूर्ण चरणमा देशको नेतृत्व सम्हाल्दै गर्दा तपाईंको सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’छिरिङले भनका छन्,’तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वासका साथ, नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने हाम्रो अपेक्षा छ ।’
उनले नेपालमा रहेका तिब्बती समूदायले नेपालको सामाजिक र आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याएको र सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् । ‘ नेपालमा शरण लिएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्, जसले यी सम्बन्धलाई अझ मजबुत बनाएको छ । यो सम्भव हुनुमा नेपाल सरकार र नेपाली जनताको उदारताको ठूलो भूमिका रहेको छ, जसका लागि हामी सदैव आभारी छौं’ छिरिङले भनेका छन् ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकार बनेका बेला तिब्बती धर्मगुरू दलाई लामाले बधाई दिएका थिए ।
प्रतिक्रिया 4