+
+
Shares

किसानको नारा : गाउँमा बाँदर भरियो, जनता भोकै परियो (तस्वीरहरू)

खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारिदिँदा उठिबास बनाएको भन्दै जिल्लाका किसान हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

दमन राई दमन राई
२०८२ चैत १६ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङका किसानले बाँदर नियन्त्रणको माग गर्दै १६ चैतमा हलो, जुवा, कोदालीसहित प्रदर्शन गरेका छन्।
  • किसानको टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बाँदर व्यवस्थापन गर्न माग गरेको छ।

१६ चैत, खोटाङ । बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा उत्रिएका छन् ।

खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारिदिँदा उठिबास बनाएको भन्दै जिल्लाका किसान हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

नाराबाजी गर्दै दिक्तेलबजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको किसानको टोलीले प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बाँदर नियन्त्रणको माग राखेका छन् ।

‘बाँदर व्यवस्थापन गर्नै पर्छ’, ‘गाउँमा बाँदर भरियो, जनता भोकै परियो’ लगायतका प्लेकार्ड बोकेर किसानहरूले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी किसान दुर्गाप्रसाद घिमिरेले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?