News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
- न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
- लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन गृहमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो । लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही सिफारिस भएको थियो ।
उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए ।
प्रतिक्रिया 4