News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनिता खड्काले टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
- उजुरीमा साम्पाङले खड्कालाई रास्वपाका समर्थक भएको उल्लेख गर्दै उनलाई पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न अनुरोध गरेका छन्।
१६ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
साम्पाङले आज सोमबार सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएका हुन् । उनले खड्कालाई रास्वपाको समर्थक भएको उजुरीमा उल्लेख गरेका छन् ।
‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया 4