१६ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूविरुद्ध प्रहरीलाई पक्राउ पुर्जी नदिएपछि नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतको आदेशको स्वागत गरेका छन् । सोमबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सचिव बस्नेतले अदालतको आदेशलाई ‘प्रतिशोधको राजनीतिविरुद्ध न्यायालको स्वागतयोग्य कदम’ भनेर टिप्पणी गरेका छन् ।
‘निरंकुश बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा झुटा मुद्दा लगाउँदै काठमाडौं जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौं जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको छ,’ बस्नेतले लेखेका छन्, ‘यस निर्णयका लागि काठमाडौँ जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य छ ।’
काठमाडौं जिल्ला अदालतले आज जाहेरी र त्यससम्बन्धी सक्कल फाइल उच्च अदालत पाटन पुगेको भन्दै बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको थियो ।
प्रतिक्रिया 4