+
+
Shares

नेविसंघ अल्मुनाइ गठन गर्न बनाइयो अध्ययन समिति

नेविसंघले सोमबार इन्जिनियर यमकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले अल्मुनाइ गठनका लागि इन्जिनियर यमकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ।
  • अध्ययन समितिमा सृजना स्नेही र श्यामराज ओझा सदस्य रहेका छन् भने अध्यक्ष दुजाङ शेर्पाले पार्टी नेतृत्वसँग परामर्श गर्ने जानकारी दिनुभयो।
  • नेविसंघले कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरिसकेको छ र संगठनको कार्यगत स्वायत्तताको पक्षमा छ।

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सल्लाहकार एवम् अभिभावक संस्था अल्मुनाइ गठन गर्नका लागि अध्ययन समिति गठन गरेको हो ।

नेविसंघले सोमबार इन्जिनियर यमकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिमा सृजना स्नेही र श्यामराज ओझा सदस्य छन् । अध्यक्ष दुजाङ शेर्पाले अल्मुलाइ गठनका लागि पार्टी नेतृत्व, नेविसंघका पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरूसँग समितिले छलफल, परामर्श, पहल तथा आवश्यक अध्ययन गर्ने जानकारी दिए ।

साढे पाँच दशक लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन नेविसंघले संगठनको कार्यगत स्वायत्तताका लागि भन्दै कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरिसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?