+

महिला क्रिकेट टोलीले युगान्डामा ‘इस्टर वुमेन्स टी-२० कप’ खेल्ने

२०८२ चैत  १७ गते १०:०० २०८२ चैत १७ गते १०:००
महिला क्रिकेट टोलीले युगान्डामा ‘इस्टर वुमेन्स टी-२० कप’ खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोलीले युगान्डामा आयोजना हुने \'इस्टर वुमेन्स टी–२० कप\' मा खेल्ने भएको छ ।
  • नेपालले उक्त प्रतियोगितामा अमेरिकी महिला टोली, युगान्डाको भिक्टोरिया पर्ल्स र युगान्डा \'ए\' टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
  • नेपाल र अमेरिका दुवैले अप्रिल १६ देखि मे १ सम्म रुवान्डामा हुने वुमेन्स च्यालेन्ज ट्रफीको तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् ।

१७ चैत, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आगामी वुमेन्स च्यालेन्ज ट्रफीको तयारीका लागि युगान्डामा प्रतियोगिता खेल्ने भएको छ ।

क्रिकेट युगान्डाले आयोजना गर्ने ‘इस्टर वुमेन्स टी–२० कप’ शृंखलामा नेपालले पनि खेल्ने भएको हो । उक्त प्रतियोगिता अप्रिल ७ देखि १६ सम्म एन्टेबे क्रिकेट ओभलमा सञ्चालन हुनेछ ।

यस प्रतियोगितामा नेपालसँगै अमेरिकी महिला टोली सहभागी हुनेछ । दुवै टोलीले आयोजक युगान्डाको भिक्टोरिया पर्ल्स र युगान्डा ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । खेलहरू अन्तर्राष्ट्रिय मान्यता (टी-२०आई) नभए पनि तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

तालिका अनुसार नेपालले पहिलो खेल अप्रिल ९ मा युगान्डा ‘ए’ सँग खेल्नेछ । त्यसपछि अप्रिल १० मा युगान्डा, ११ मा अमेरिका, १३ मा पुनः अमेरिका, १४ मा युगान्डा र १५ मा युगान्डा ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र अमेरिका दुवैले अप्रिल १६ देखि मे १ सम्म रुवान्डामा हुने वुमेन्स च्यालेन्ज ट्रफीको तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । उक्त प्रतियोगितामा विभिन्न एसोसिएट राष्ट्रहरूको सहभागिता रहनेछ ।

यो प्रतियोगिताले सहभागी टोलीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताअघि आवश्यक खेल अभ्यास र अनुभव दिलाउने लक्ष्य राखिएको छ ।

इस्टर वुमेन्स टी-२० कप नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय