+
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल :

उडनाभको निर्णायक गोलमा जर्मनीले घानालाई हरायो

२०८२ चैत  १७ गते १०:०५ २०८२ चैत १७ गते १०:०५
उडनाभको निर्णायक गोलमा जर्मनीले घानालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनिस उडनाभले ८८औं मिनेटमा निर्णायक गोल गर्दै जर्मनीलाई घानामाथि २-१ को जित दिलाए ।
  • काई हाभेर्ट्जले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।
  • अब्दुल फाटावुले ७०औं मिनेटमा घानाका लागि बराबरी गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो ।

१७ चैत, काठमाडौं । डेनिस उडनाभले बेन्चबाट आएर निर्णायक गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घानालाई २-१ ले पराजित गरेको छ ।

स्टुटगार्डको एमएचपी एरेनामा भएको खेलमा फरवार्ड उडनाभले ८८औं मिनेटमा गोल गर्दै जर्मनीलाई जित दिलाए । दोस्रो हाफको सुरुवातमा सर्ज नाब्रीको स्थानमा मैदान प्रवेश गरेका उडनाभले लरे सानेको पासमा निर्णायक गोल गरेका हुन् ।

त्यसअघि काई हाभेर्ट्जले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

घानाका लागि अब्दुल फाटावुले ७०औं मिनेटमा बराबरी गोल गरेका थिए । त्यसपछि उडनाभको गोलमा जर्मनीले मैत्रीपूर्ण खेलमा ब्याक टु ब्याक जित हासिल गरेको हो ।

यसअघि जर्मनीले शुक्रबार स्वीट्जरल्याण्डलाई ४-३ ले पराजित गरेको थियो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जर्मनी फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय