News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ एक सातामा प्रतितोला १६ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ।
- गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ थियो भने आज ६ हजार ७०० रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ३४० रुपैयाँले बढेर आज ४ हजार ८४५ रुपैयाँ कायम भएको छ।
१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ ।
गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4