News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक १७ चैतमा पार्टी कार्यालय च्यासलमा बसिरहेको छ।
- सचिवालय बैठकमा पार्टीका आगामी कार्यक्रम र संसदीय दलको नेता चयनबारे छलफल हुने छ।
- संसदीय दलको नेता चयनका लागि पहिलो बैठक १९ चैत दिउँसो २ बजे बोलाइएको छ।
१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।
गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।
पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4