+
+
Shares

रूपन्देहीको डन्डा खोलामा अव्यवस्थित डम्पिङ : तीन तहका सरकारविरुद्ध सर्वोच्चमा रिट

विपक्षीका नाममा कारण देखाउ आदेश, अन्तरिम आदेशका लागि अदालतले दुवै पक्ष बोलायो

प्रदूषणले स्थानीय वासिन्दालाई निकै समस्या भएको र त्यो क्षेत्र भारतबाट गौतमबुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले आगन्तुक पर्यटकको जीवनसमेत कष्टकर बनेको उनीहरूले रिट निवेदनमा भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १५:५६

१७ चैत, काठमाडौं । रूपन्देहीको डन्डा खोलामा रहेको अव्यवस्थित डम्पिङ साइटको विषयलाई लिएर तीनै तहका सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अनियन्त्रित डम्पिङ साइटबाट फैलिएको दुर्गन्ध र प्रदूषणले जनस्वास्थ्यमा समस्या उत्पन्न भएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानूनकी विद्यार्थी अञ्जली सिलवालले संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र रूपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित मातहतका निकायविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

रिटमा सिद्धार्थनगर नगरपालिकाअन्तर्गत पर्ने डन्डा खोला क्षेत्रमा सञ्चालित डम्पिङ साइट अनियन्त्रित रहेको दाबी गरेका छन् । जसले सो क्षेत्रमा तीव्र दुर्गन्ध र प्रदूषण फैलिएको उनीहरूको दाबी छ ।

प्रदूषणले स्थानीय वासिन्दालाई निकै समस्या भएको र त्यो क्षेत्र भारतबाट गौतमबुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले आगन्तुक पर्यटकको जीवनसमेत कष्टकर बनेको उनीहरूले रिट निवेदनमा भनेका छन् ।

सोही कारण त्यो क्षेत्रबाट डम्पिङ साइट हटाउन तथा सञ्चालन गर्न रोक लगाउन रिटमा माग गरिएको छ ।

सो रिट मंगलबारै पेसीमा चढेर इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै अन्तरिम आदेशको लागि छलफलमा गर्न दुवै पक्षलाई बोलाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?