News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले लाओसविरुद्ध खेल्नका लागि सुरुवाती ११ सार्वजनिक गरेको छ।
- नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेनाले युवराज खड्कालाई डेब्यू गराउने र आफैं मुख्य प्रशिक्षकको रुपमा डेब्यू गर्नेछन्।
- नेपाल र लाओसबीचको खेल पौने ६ बजे लाओ नेशनल स्टेडियममा सुरु हुनेछ र नेपालले जित निकाल्ने लक्ष्य राखेको छ।
१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्नका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
किरण चेम्जोङ कप्तान तथा गोलकिपर रहेको प्लेइङ ११ अनुसार युवराज खड्काले डेब्यू गर्ने पक्का भएको छ ।
नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेनाले युवराजलाई डेब्यू गराउने भएका हुन् । घरेलु फुटबलमा युवराजले एपीएफ क्लबबाट खेल्दै आएका छन् । उनी राष्ट्रिय टिममा नै पहिलोपटक समावेश भएका थिए ।
नयाँ इटालियन प्रशिक्षक एरेनाले पजि यसै खेलबाट नेपालको मुख्य प्रशिक्षकको रुपमा डेब्यू गर्नेछन् ।
नेपाल र लाओसबीचको खेल पौने ६ देखि लाओ नेशनल स्टेडियममा सुरु हुनेछ ।

एसियन कप छनोटमै यसअघिको खेलमा नेपाल लाओससँग २-१ ले पराजित भएको थियो । नेपाल इतिहासमै पहिलो पटक लाओससँग हारेको थियो । त्यसैले आज लाओसविरुद्ध नेपाल सामु बदला लिने अवसर समेत छ ।
नेपालले अहिलेसम्म लाओससँग ६ खेल खेल्दा ४ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेल लाओसको पक्षमा गएको थियो ।
एसियन कप पुग्ने होडबाट बाहिरिसकेका दुवै टोली अन्तिम खेल जितसहित टुङ्ग्याउन चाहन्छ । अझ नेपाल त अन्योल भविष्यका बीच यो खेलमा जसरी पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।
‘लाओस विरुद्ध खेलका लागि हामी तयार छौँ र हामी जितकै लागि खेल्नेछौं’ अघिल्लो दिन भएको प्रि म्याच कन्फेरेन्समा एरेनाले भनेका थिए ।
प्रतिक्रिया 4