News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ विगत एक सातामा ९ हजार १ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि बुधबार प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ।
१८ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ४९२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनचाँदीको भाउ बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4