+
+
Shares

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य देखिएको सूची सार्वजनिक गरेको छ।
  • मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, २८ हाइड्रोपावर लगायतका कम्पनी छन्।
  • मार्जिन कारोबार सुविधा पाउन कम्तीमा पच्चीस लाख कित्ता सेयर सर्वसाधारणमा जारी र नेप्सेमा सूचीकृत हुनुपर्नेछ।

१७ चैत, काठमाडौं । मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य देखिएका छन् ।

नेपाल स्टक एक्स्चेन्जले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । यिनै १२३ कम्पनीको सेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले प्रदान गर्नेछन् ।

मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी छन् ।

तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा पच्चीस लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तिमा दुई वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्कासनपश्चात सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीमा मात्रै मार्जिन सुविधा पाइने व्यवस्था कार्यप्रक्रियामा छ ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्नका लागि कारोबार सदस्य समक्ष मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्नेछ । हालै नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?