+
+
Shares

अप्रिल फुलमा प्रहरीको चेतनामूलक सन्देश- स्क्यान गर्नुहोस्

अप्रिल फुलको अवसर पारेर नेपाल प्रहरी चेतनामूलक सन्देश प्रवाह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले अप्रिल फुलको अवसरमा आफ्नो अफिसियल सामाजिक सञ्जालमार्फत ‘स्क्यान मी’ क्युआर कोडमार्फत चेतनामूलक सन्देश प्रवाह गरेको छ।

१८ चैत, काठमाडौं । नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट एउटा पोस्ट गरिएको छ जसमा एउटा क्यूआर कोड सार्वजनिक गरिएको छ । त्यसमा लेखिएको छ, ‘तपाईंविरुद्ध कुनै उजुर वा निवेदन परेको छैन, यो सुनिश्चित गर्नका लागि एकपटक यो क्यूआर कोड स्क्यान गर्नुहोस् ।’

यसलाई स्क्यान गर्दा मानिसहरू चकित हुन्छन् किनकि त्यहाँ जोकरको मुकुन्डो लगाएको एउटा चतुर अनुहार देखिन्छ । अनि पृष्टभूमिमा तपाईंलाई जिल्ल पार्नेगरी लेखिएको छ, ‘तपाईं झुक्किनुभयो’

यो वास्तवमा प्रहरीले गरेको अप्रिल फुलको मजाक हो, जसले ‘प्रहरीलाई झुक्काउनु अपराध हो’ भन्ने कुरालाई व्यंग्यात्मक रूपमा उजागर गर्दै जनतालाई सचेत बनाउने उद्देश्य राखेको छ ।

आजको डिजिटल युगमा हामी सबै कुरा अनलाइन गर्छौं । कारोबार, सानातिना कुरा खोज्न देखि लिएर लगभग हरेक काम सबै डिजिटल प्लेटफर्ममा निर्भर छौं । यसरी सबै कुरा डिजिटल बन्दै जाँदा ठगीका नयाँ तरिकाहरू पनि बढिरहेका छन् । यसैबीच इन्टरनेटमा जोडिएका ठगहरूले सामान्य ज्ञान भएका मानिसहरूलाई सजिलै फसाउँछन् ।

उनीहरूले बिजनेस वा सहयोग वा आपतकालीन अवस्थाको बहानामा क्यूआर कोड पठाएर पैसा ठगेका धेरै घटना छन् । यस्तै स्क्यामबाट बचाउनका लागि प्रहरीले यो अभियान ल्याएको हो, जसले मानिसहरूलाई सजग रहनुपर्छ भन्ने सन्देश दिन्छ । यो एकदमै प्रभावकारी र रचनात्मक आइडिया हो जसले डिजिटल युगको जोखिमलाई उजागर गर्दै सबैलाई सचेत गराउँछ ।

नेपाल प्रहरीले अप्रिल फुलको दिनमा एकदमै क्रिएटिभ र प्रभावकारी तरिकाले जनचेतना जगाउन गरेको अभियानलाई धेरैले तारिफ गरिरहेका छन्, किनकि यसले सरल तर प्रभावकारी तरिकाले डिजिटल सुरक्षा सम्बन्धी सन्देश दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?