+
+
Shares

क्रिटिक्स अवार्ड : ‘शाम्बाला’ उत्कृष्ट फिल्म, अभिनयतर्फ दयाहाङ र थिन्ले सर्वश्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र समीक्षक समाज (फिक्सन) ले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ।
  • ‘शाम्बाला’ले उत्कृष्ट चलचित्र, निर्देशक मीनबहादुर भाम र अभिनेत्री थिन्ले ल्हामो गरी तीन प्रमुख विधामा अवार्ड जितेको छ।
  • समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाले राजनीतिक घटनाक्रमका कारण नतिजा मात्र सार्वजनिक गरिएको र आगामी वर्ष भव्य समारोह हुने बताए।

काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन) ले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ ।

संस्थाले विज्ञप्तिमार्फत १० विधामा पुरस्कृत फिल्म र फिल्मकर्मीको नाम घोषणा गरेको हो । विजेता सूचीमा ‘शाम्बाला’ले वर्चस्व जमाएको छ।

‘शाम्बाला’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन प्रमुख विधामा अवार्ड जितेको छ । ‘गाउँ आएको बाटो’ बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । किशोर आचार्यले उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड पाएका छन् ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने लक्ष्य भए पनि देशको पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र निर्वाचनका कारण नतिजा मात्र सार्वजनिक गरिएको हो । २०८१ साल र २०८२ सालको अवार्ड आगामी वर्ष एकैसाथ भव्य समारोहबीच वितरण गरिने उनले बताए ।

अवार्ड विजेता :

उत्कृष्ट फिल्म : शाम्बाला

उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)

उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला)

उत्कृष्ट पटकथा तथा लेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

उत्कृष्ट छायाङ्कन : आलोक शुक्ला (आँखा)

उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)

उत्कृष्ट साउन्ड डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो)

स्पेशल मेन्सन (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर)

स्पेसल मेन्सन (कला निर्देशन) : पूर्णबहादुरको सारङ्गी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?