+
+
Shares

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

६० गणक खटिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा आगामी २ वैशाखदेखि ७ असारसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने भएको छ।
  • आर्थिक गणनामा जिल्लाभरका १८ प्रकारका व्यवसाय र आर्थिक क्रियाकलापको विस्तृत विवरण संकलन गरिनेछ।
  • जिल्लामा ६० जना गणक परिचालन गर्ने तयारी भइरहेको प्रमुख तथ्यांक अधिकृत विमल यादवले बताए।

१८ चैत, सिरहा । सिरहामा आगामी २ वैशाखदेखि राष्ट्रिय आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला स्तरीय सचेतना गोष्ठीमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो ।

प्रमुख तथ्यांक अधिकृत विमल यादवका अनुसार आर्थिक गणना २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुनेछ ।

यस अवधिमा जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ—प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण संकलन गरिनेछ।

गणनाका क्रममा व्यवसायहरूको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारीको अवस्था, व्यवसायको प्रकार, लगानी, ऋणमा पहुँच, बीमा लगायतका विषय समेटिने छन् ।

ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहोर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका आर्थिक क्रियाकलाप समेटिने बताइएको छ।

यादवका अनुसार जिल्लामा ६० जना गणक परिचालन गर्ने तयारी छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?