News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका चार मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- आर्थिक वर्ष २०७०/७१ मा राजस्व चुहावट गरी २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो रकम दाबी गरिएको छ।
- मिश्रलाई ३८ लाख ८० हजार, बोगटीलाई १ करोड १० लाख, अर्याललाई २१ लाख र कुर्मीलाई ९९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
१८ चैत, काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिस्ट्रेसन बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको देखिएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले मिश्रलाई ३८ लाख ८० हजार ३६८, बोगटीलाई १ करोड १० लाख ६० हजार ५२४, अर्याललाई २१ लाख ३८ हजार १६९ र कुर्मीलाई ९९ लाख १० हजार ५२५ रुपैयाँ बिगो रकम दाबी गरेको छ ।
यसैगरी अख्तियारले तत्कालनी नायव सुब्बा स्व. किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रतिक्रिया 4