+

बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो

२०८२ चैत  १८ गते १८:२९ २०८२ चैत १८ गते १८:२९
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै बाहिरिएको छ।
  • बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बनेको छ।
  • नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरेपनि गोल गर्न सकेन र बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

१८ चैत, काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरेपनि गोल फर्काउन सकेन ।

बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भारत र भुटानबीचको खेल आजै राति हुँदैछ ।

उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन् । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको थियो ।

सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरेपनि फाइनलमा भने त्यही नतिजा दोहोर्‍याउन नेपालले सकेन ।

यस पटक माल्दिभ्स जानुअघि नेपाल यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि सर्वाधिक चार पटकको च्याम्पियन भारतसँगै बंगलादेश नै कठिन प्रतिद्वन्दी भएको बताएका थिए ।

उपाधि जित्ने लक्ष्य बनाएर माल्दिभ्स पुगेको नेपालको यात्रामा फेरि एकपटक बंगलादेश नै बाधक बन्यो ।

यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन ।

त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो ।

२०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा फाइनल पुग्न सकेन ।

साफ यू-२० च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय