News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलमा आफ्नो उम्मेदवारीलाई विद्रोहका रुपमा नबुझ्न नेताहरूसँग आग्रह गर्नुभएको छ।
- सुहाङले आफ्नो उम्मेदवारी समयको माग र आन्दोलनप्रतिको कर्तव्यबोध भएको र पार्टीको मूल्य, मान्यता र परम्पराको पूर्ण बोध रहेको बताउनुभएको छ।
- उनले पार्टीभित्रको निराशा चिर्न र आन्दोलनलाई पुनजीर्वित गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क गर्नुभएको छ।
१८ चैत, काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलमा आफ्नो उम्मेदवारीलाई विद्रोहका रुपमा नबुझ्न नेताहरूसँग आग्रह गरेका छन् ।
रामबहादुर थापा संसदीय दलको नेता निर्वाचित भएपछि बधाई मन्तव्य राख्दै सुहाङले अग्रज नेताहरूप्रतिको सदैव सम्मान रहने बताएका थिए ।
‘मलाई मेरो पार्टीको गौरवशाली मूल्य, मान्यता र परम्पराको पूर्ण बोध छ । अग्रज नेताहरूप्रति मेरो सदैव उच्च सम्मान छ,’ नेम्वाङले भनेका थिए, ‘यहाँ स्पष्ट पार्न चाहन्छु, मेरो उम्मेदवारी कुनै विद्रोह होइन । यो त समयको माग र आन्दोलनप्रतिको मेरो कर्तव्यबोध हो । पार्टी र आन्दोलनप्रतिको मेरो दायित्व पनि हो ।’
अहिले पार्टीभित्र युवा पुस्तामा छाएको निराशा चिर्न र आन्दोलनलाई पुनजीर्वित गर्न पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको उनको तर्क थियो ।
‘अग्रजहरूको योगदानको म सधैं कदर गर्छु । तर पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भएपनि यो आँट गर्नु परेको हो,’ सुहाङको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
अग्रजहरू हुँदाहुँदै दलको नेतामा उम्मेदवारी दिएर पार्टीको मूल्य, मान्यता र परम्परा बिर्सेको रुपमा नबुझ्न पनि उनको आग्रह थियो ।
‘मैले पार्टीको अभ्यास, मूल्य र मान्यतालाई राम्ररी बुझेको छु । ती मूल्य, मान्यता र अभ्यासप्रति गहिरो सम्मान छ,’ सुहाङले भनेका थिए, ‘तर मूल कुरा पार्टीको भविष्य हो । आन्दोलनको भविष्य पनि हो । त्यसैको निम्ति मेरो यो प्रयास हो ।’
प्रतिक्रिया 4