+

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

२०८२ चैत  १८ गते २२:२३ २०८२ चैत १८ गते २२:२३
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा गरेको छ।
  • २६ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिनेछ र सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख दिने व्यवस्था छ।
  • अवार्ड कार्यक्रम पहिलोपटक काठमाडौं उपत्यका बाहिर बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा आयोजना हुनेछ।

१८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा भएको छ ।

आयोजक खेलाडी संघका अध्यक्ष शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवार्डमा सहभागी हुने सबैको स्वागतका लागि तयार रहेको बताउँदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद ।

विभिन्न २६ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई पुरस्कृत गरिने महासचिव गोथेले बताए । फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, ट्रायथलन, पौडी, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्न्याष्टिक, लनटेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइक्लिङ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

त्यसबाहेक समान १–१ पुरुष/महिला सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख र प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारसहित जनही ३५ हजार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार नगद पुरस्कारसहित सम्मान गरिने छ ।

अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुनेछ । अवार्ड कार्यक्रम काठमाडौं उपत्यका बाहिर पहिलोपटक हुन लागेको हो ।

एनएनआईपीए स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय