+
+
Shares

गुल्मीमा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै

अनिल खत्री अनिल खत्री
२०८२ चैत १९ गते ६:५०

१९ चैत, गुल्मी । गुल्मीमा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । तीन वर्षको तथ्याङ्क हेर्दा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

०७९/८० मा ३४१ हेक्टर क्षेत्रफलमा एक हजार ५८१  मेट्रिकटन धान उत्पादन भएको थियो । त्यस्तै ०७८/०७९ मा ३५० हेक्टर क्षेत्रफल र आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफला धान खेती भएको पाइएको छ ।

यस वर्ष पनि चैते धान खेती हुने क्षेत्रफल घट्ने प्रक्षेपण कृषि ज्ञानकेन्द्रले गरेको छ । यसरी पछिल्लो तथ्याङ्क हेर्दा उत्पादन क्षेत्रफल घट्दै गएको पाइएको छ ।

चैते धानधको रुपमा स्थानीय मार्सी सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ । विभिन्न कारणले मानिसहरु बसाइँसराइ गर्नाले उत्पादन गर्ने जनशक्ति नहुँदा खेतीगर्ने क्षेत्रफल वर्षेनी घट्दै गएको कृषि ज्ञनकेन्द्र गुल्मीले जनाएको छ ।

केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको छ । अहिले जिल्लाका कृषकहरु चैत धान रोप्न सुरु गरेका छन् ।

चैतको पहिलो साताबाट सुरु गरेर चैतको अत्यसम्म धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुन: फेरि वर्खे धान रोप्ने गरिन्छ ।

हाइब्रिड धान शंकर, उपज, च्याम्पियन, यूएस ३१२ रोपिन्छ । गुल्मीमा खेती गरिने धानका स्थानीय हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई,  पाखे धान, रातो मार्सि धान, मार्सी छन् ।

कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गूणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । उन्नत र हाइब्रिड जातका धानमा नपाइने गूण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने र कपिय बास्नादार पनि हुनेगर्छ ।

जिल्लामा कालीगण्डकी गाउँपालिकामा अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकामा लिम्घा, अस्लेवा, जोहाङखैरेनी, साहाघाट, च्यामी फाँट, चन्द्रकोट गाउँपालिकामा मजुवा, रुपाकोट, शान्तिपुर चैते धान रोपिंदै आएको छ । त्यस्तै मुसिकोट नगरपालिकाको तल्लाफाँट ईन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी क्षेत्रमा चैते धान रोपिन्छ ।

मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, ईश्मा गाउँपालिकाको चौरासी फाँट, हुलाकेलगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा चैते धान रोपिन्छ ।

गुल्मीदरवार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्ज्याङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट, रुरु क्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेसी, छम्दी, कालिगंडकीको आसापासको क्षेत्रमा चैते धान खेती हुँदै आएको छ ।

जिल्लामा हाल हिउँदे र वर्खे धानखेती हुने क्षेत्रफल मध्ये ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ ।  ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

जिल्लामा सबैजसो ठाउमा सिँचाइको प्रयाप्त व्यवस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ति विदेशिएकोले खेतालाहरू नहुँदा खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि बढ्दै जान थालेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?