+
+
Shares

बाइसधारा मेलाका २२ तस्वीरहरू

चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्दछन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत १९ गते १०:१९

१९ चैत, काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमाका दिन लाग्ने गर्दछ । यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ ।

चैत शुक्ल पूर्णिमामा बालाजुको बाइसधारामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।
बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ ।

यही विश्वासका साथ आज बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्म बालाजु बाइसधारामा स्नान गर्न पुगेका छन् ।

चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ ।

काठमाडौं आसपासका जिल्लाका तामाङ समुदायले आजको दिन स्वयंभुमा पुगेर दिवंगत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुहरुबाट पूजापाठ गराउने गर्छन् । उनीहरूले यसलाई तेमाल जात्रा वा बौद्धजात्रा भन्दछन् ।

          

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?