+
+
Shares

राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन अर्थ र गृहमन्त्रीको निर्देशन

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले जिरो टोलरेन्स नीति अपनाउन निर्देशन दिनुभएको छ।
  • बैठकमा टास्क फोर्स गठन गरी कार्ययोजना सहित काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने निर्णय भएको छ।

१९ चैत, काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए ।

त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिनुभएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

‘माननीय गृहमन्त्री र अर्थमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ, जिरो टोलरेन्समा काम गर्ने भनेर । बोर्डरहरूलाई सुक्ष्म निगरानीमा राख्ने, बोर्डर भित्र र बाहिर जहाँसुकैबाट हुने राजस्व चुवावटलाई नियन्त्रण गर्न प्रभावकारी बनाएर जाने भन्नुभएको छ,’ पाण्डेयले भने ।

राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरि काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने गरि बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए ।

बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लािग सम्बन्धित निकायमा पठाउने पनि उनले बताए ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थीति रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?