+
+
Shares

सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा छौं : सहकारी सचिव

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा जुटेको बताए।
  • सचिव भुजेलले सहकारीमा समस्या सुशासनको कमी र परदर्शीताको अभावका कारण आएको र बचतकर्ताको रकम फिर्ता गराउने विषयमा समय खर्च गरिरहेको बताए।
  • मन्त्रालयले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा जुटेको बताएका छन् ।

६९औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताए ।

सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताए ।

सचिव भुजेलले भने, ‘अहिले पनि मन्त्रीसहित हामी मन्त्रालयका अधिकारीहरू सहकारी बचतकर्ताको रकम कसरी फिर्ता गराउन सकिन्छ, भन्ने विषयमा हामी समय खर्च गरिरहेका छौं । सरकारको विगतमा कमी कमजोरी भए होला । मुख्य समस्या भनेको सहकारीका सञ्चालक, व्यवस्थापकहरुकै कारणले सहकारीको यो अवस्था आएको हो । सहकारी नबुझेको म (मदन भुजेल) सचिवलाई पनि अहिले टाउको दुःखाइ बनेको छ ।’

सचिव भुजेलले सहकारी क्षेत्रको प्रवर्द्धन तथा हाल देखिएका समस्याहरू समाधान गर्न सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू मन्त्रालयले अघि बढाउने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?