+
+
Shares

‘कार श्रीमतीलाई छाडेँ, २५ हजारमा नेपाली मेड साइकल किनेँ’

निजी गाडी सडकमा कम भए ट्राफिक जामको समस्या पनि कम हुन्छ । सार्वजनिक यातायातको प्रवर्द्धनका लागि म संसद्‍बाट भूमिका खेल्छु ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद आशिष गजुरेलले निजी कार छाडेर नयाँ साइकल किनेपछि साइकल चढेर संसद भवन पुगेका छन्।
  • गजुरेलले पेट्रोल डिजेलबाट चल्ने गाडीको प्रयोग घटाउनुपर्ने आवाज संसद्‍बाट उठाउने बताए।
  • सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने गजुरेलले बताउनुभयो।

१९ चैत, काठमाडौं । २१ फागुनको निर्वाचनपछिको पहिलो संसद् बैठकमा सहभागी हुन सांसदहरू सिंहदरबार पुगेका छन् । कोही निजी कार चढेर, कोही ट्याक्सी चढेर र कोही सार्वजनिक यातायातका साधन प्रयोग गरे ।

एक सांसद भने साइकल चढेर संसद् भवन पुगे । ती सांसद हुन् रास्वपाका आशिष गजुरेल । उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

सार्वजनिक यातायातका विज्ञ समेत रहेका गजुरेलले आफ्नो निजी कार घरमै छाडेर २५ हजार रुपैयाँमा नयाँ साइकल किनेर संसद भवन आएको अनलाइनखबरसँग बताए ।

तिनै सांसद गजुरेलसँग अनलाइनखबरले गरेको छोटो कुराकानी–

तपाईंको त कार छ, साइकल चढेर संसद भवन आउनु भएछ ?

हो । मसँग कार छ । त्यो श्रीमतीले चढ्छिन् । म चाहिँ साइकल चढेर आएँ । म पहिले पनि साइकल चढ्ने गर्थें ।

यो नयाँ साइकल हो ?

म पहिले पनि साइकल चढ्ने गरेको छु । त्यो साइकल पुरानो भएको छ । त्यसैले २५ हजार रुपैयाँमा नयाँ साइकल किनेँ । यो नेपाली मेड साइकल भएकाले यही चढ्न मन लाग्यो ।

साइकल चढेर किन ?

मैले पहिलेदेखि नै पेट्रोल डिजेलबाट चल्ने गाडीको प्रयोग घटाउनुपर्छ, निजी गाडीको प्रयोग कम गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको छु । पहिले सडकबाट आवाज उठाइयो । अब सदनबाट आवाज उठाउँछु । मेरो साइकल यात्रा त्यही सन्देश हो ।

साइकल यात्रा कत्तिको सहज र सुरक्षित छ ?

साइकल चढेर हिँड्दा अलिकति असुरक्षित महसुस त हुने रहेछ । तर गेयरवाला साइकल हुने हो भने गाह्रो छैन । काठमाडौंमा धेरै उकालो आरोलो नभएकाले सजिलै हुन्छ ।

कतिपयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो छैन भनेर निजी गाडी चढ्न रुचाउँछन् । उनीहरूलाई के भन्न चाहानु हुन्छ ?

सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउनुपर्छ । त्यसखालका नीति र कानुनहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । सुरक्षित तरिकाले समयमै गन्तव्यमा पुग्ने र आरामदायी हुने भयो भने सार्वजनिक यातायातको प्रयोग बढ्छ । मानिसहरू निजी गाडी चढेर सार्वजनिक यातायात थालिहाल्छन् । त्यसतर्फ अब प्रोत्साहन गर्नुपर्छ ।

साइकल वा विद्युतीय गाडीको प्रयोग बढाउन सके प्रदूषण घट्छ । डिजेल–पेट्रोल प्रयोग गर्दा विदेशिने रकम घट्छ र देशको अर्थतन्त्र पनि सुदृढ हुन्छ । निजी गाडी सडकमा कम भए ट्राफिक जामको समस्या पनि कम हुन्छ । सार्वजनिक यातायातको प्रवर्द्धनका लागि म संसद्‍बाट भूमिका खेल्छु ।

म सबैलाई सकेसम्म हिँड्न वा निजी सवारी साधनको सट्टा सार्वजनिक यातायात चढ्न अनुरोध गर्छु ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?