+
+
Shares

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने हो ?

‘यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने तर काम नगर्ने कुरा जाँचबुझ आयोगको नियतबाट भएको होइन भन्न सकिन्न’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:१९

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्ज सोधेका हुन् ।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने ?,’ आङदेम्बेले भने ।

भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न उठाए ।

 ‘किन खरानी भयो संसद् भवन, किन जल्यो सिंहदरबार ? कसले जलायो ?,’ उनले प्रश्न गरे, ‘भदौ २३ र २४ गतेका घटना एकएक केलाउन जरुरी छ ।’

उनले भदौ २३ र २४ गतेका घटनालाई हेर्ने फरक दृष्टिकोण राख्न नहुने पनि बताए । उनले भने, ‘कसैले २३ को घटना देख्ने, २४ को ध्वंश नदेख्ने । कसैले २४ ध्वंश नदेख्ने,  २३ को दमन देख्ने । यो प्रवृत्ति एकदम गलत छ ।’

हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको जाँचबुझ गरेर २४ को भ्याइएन भनेको आङदेम्बेले टिप्पणी गरे । ‘यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने तर काम नगर्ने कुरा जाँचबुझ आयोगको नियतबाट भएको होइन भन्न सकिन्न,’ उनले भने ।

उनले सरकारलाई सुझबुझ ढंगबाट कदम अगाडि चाल्न आग्रह गरे । कांग्रेस सधैँ दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा दृढ रहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?