+
+
Shares

८ महिनामै भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
  • यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशत बढी हो।
  • फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

१९ चैत, काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमै १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । खाडी मुलुकमा देखिएको तनावका कारण फागुनमा रेमिट्यान्स उच्च दरले प्रभावित हुने अनुमान गरिए पनि तथ्यांक भने सामान्य देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । साउनदेखि फागुन मसान्तसम्म १० अर्ब १५ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको हो ।

८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?