News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ।
- खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० र गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ।
- प्रदेशगत रूपमा मधेसमा मुद्रास्फीति ४.९५ प्रतिशत सबैभन्दा बढी देखिएको छ।
१९ चैत, काठमाडौं । मुद्रास्फीति उकालो लाग्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो ।
यसअघि कात्तिक/मंसिरमा मुद्रास्फीति तल्लो बिन्दुमा थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ३.३४ र ३.९७ प्रतिशत थियो ।
गत ८ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत छ । अघिल्लो आवमा यस्तो औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो । यस अवधिमा तरकारीको ११.४९ प्रतिशत, घिउ तथा तेल ९.८६ र फलफूलको ९.६३ प्रतिशत बढेको छ ।
त्यस्तै दाल तथा गेडागुडीको ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ र मरमसलाको २.०३ प्रतिशत गिरावट आएको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २२.८१ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ७७, कपडाजन्य तथा जुत्ताचप्पल ४.७३ र सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशत बढेको छ । तर, बीमा तथा वित्तीय सेवाको ०.०३ प्रतिशत घटेको छ ।
ग्रामीण भेगको ३.०६ र सहरी भेगको ३.८२ प्रतिशतले मुद्रास्फीति बढेको छ । प्रदेशगत हेर्दा कोशीको ३.९६, मधेस ४.९५, बागमती ३.३१, गण्डकी २.८७, लुम्बिनी ४.२१, कर्णाली २.२१ र सुदूरपश्चिमको २.२५ प्रतिशत छ ।
प्रतिक्रिया 4