News Summary
Generated by OK AI. Editorially reviewed.- एक्सनप्रधान फिल्म 'राम नाम सत्य' को ट्रेलर माइकल चन्दको पटकथा र लेखनमा सार्वजनिक भएको छ।
- ट्रेलरमा विराज भट्टको दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम कथा समावेश छ।
- निर्देशक चन्दले भने, '५ बर्षदेखि यो फिल्मको कथामा मैले काम गरिरहेको थिएँ' र कुनै कसर बाँकी नराखेको बताए।
काठमाडौं । एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले रहस्य, ड्रामा र धमाकेदार एक्सन दृश्य समेटिएको पहिलो झलक देखाए ।
वान सिनेमाज हलमा आयोजित कार्यक्रममा माइकल चन्दको पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ ।
यस्तै, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ । डेब्यू एक्टर तथा कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीको भूमिका विशेष देखिएको छ । ठकुरीको रहस्यले भरिएको पात्रले दर्शकलाई उत्सुक तुल्याउन सक्छ ।
डेब्यू अभिनेत्री खुशी कार्कीले विराजसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चामा छ । फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का लगायतको पनि अभिनय छ ।
आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल-कलाकारको रुपमा छन् । माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी छ ।
कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । सह-निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रुपमा छन् ।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।
कार्यक्रममा बोल्दै अभिनेता भट्टले भने- ‘यो फिल्ममा एक्सन मात्र छैन । फिल्ममा प्रेम, सस्पेन्स, पारिवारिक कथा सबै छ । दर्शकले यो फिल्मलाई मन पराउनुहुन्छ भन्ने मलाई लागेको छ ।’
फिल्मलाई लिएर सुशील, दिव्या रायमाझी र सुपुष्पाले पनि उत्साह व्यक्त गरे । निर्देशक चन्दले कार्यक्रममा भने- ‘५ बर्षदेखि यो फिल्मको कथामा मैले काम गरिरहेको थिएँ । फिल्मलाई दर्शकको रोजाइको बनाउनका लागि कुनै पनि कसर बाँकी राखेका छैनौं ।’
प्रतिक्रिया 4