+
+
Shares
फ्राइडे रिलिज :

विराज भट्ट, सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’ प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा 'राम नाम सत्य' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ।
  • फिल्ममा भ्रष्ट राजनीतिज्ञ र व्यवसायीलाई मार्ने 'अगुआ' पात्रको कथा समसामयिक परिवेशसँग जोडिएको छ।
  • बलिउड फिल्म 'डकैत : अ लभ स्टोरी' पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

काठमाडौं । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । रहस्य, बदला र अपराधको कथामा आधारित फिल्मले कुल १४० शोज पाएको छ ।

फिल्ममा विराज शीर्ष भूमिकामा छन् । साथै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको पनि अभिनय छ ।

माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको यो एक्सन-ड्रामा फिल्मको कथावस्तु समसामयिक परिवेशसँग जोडिएको छ ।

देशमा भ्रष्टाचार बढ्दै जाँदा र माफिया समूह तथा विदेशी शक्तिको प्रभाव बढ्न थालेपछि ‘अगुआ’ (नेता) नामको एक पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीलाई एकपछि अर्को गर्दै मार्न थाल्छ । प्रत्येक घटनास्थलमा उसले आफ्नो छुट्टै चिन्ह छोड्ने गर्दछ, जसले कथालाई अझ रहस्यमय बनाउँछ ।

फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृंखला विष्ट बालकलाकारको रूपमा छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी छ । कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।

यो फिल्मको रनटाइम १६० मिनेट छ । यसले पीजी सर्टिफिकेट पाएको छ । यसको अर्थ, बालबालिकाले अभिभावकको निगरानीमा मात्र यो फिल्म हेर्नुपर्नेछ । निर्माण टिमका अनुसार फिल्ममा कलाकारको सशक्त अभिनय र कथाको गहिराइले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

शुक्रबारदेखि बलिउड फिल्म ‘डकैत : अ लभ स्टोरी’ पनि प्रदर्शनमा आएको छ । एक्सन ड्रामा जनरामा राखिएको यो फिल्ममा आदिवी शेष, मृणाल ठाकुर, अनुराग काश्यप, प्रकाश राजको शीर्ष भूमिका छ । धोका दिने पूर्वप्रेमिकाविरुद्ध बदला लिन खोज्ने एक पात्रको कथा यसले भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?