+

राखेप उपाध्यक्ष ध्रुव आचार्यले दिए राजीनामा

२०८२ चैत  २० गते १२:५९ २०८२ चैत २० गते १२:५९
राखेप उपाध्यक्ष ध्रुव आचार्यले दिए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।
  • उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।
  • आचार्यले कार्यव्यस्तता, वर्तमान आवश्यकता र बदलिंदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।

नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा राखेप उपाध्यक्ष नियुक्त गरेको थियो ।

उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले साढे एक वर्षमै राजीनामा दिएका हुन् ।

कार्यव्यस्तता, वर्तमानको आवश्यकता र बदलिंदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै राजीनामा दिएको आचार्यले राजीनामा पत्रमा लेखेका छन् ।

राखेप उपाध्यक्षबाट राजीनामा दिएपनि खेलकुद क्षेत्रबाट भने टाढा नरहने आचार्यले बताए ।

ध्रुव आचार्य राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय