२० चैत, काठमाडौं । नेकपा एमालेका युवाहरूले नेतृत्व परिवर्तनको माग राखेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवा कार्यकर्ताहरूले फूल दिएर शुभकामना दिए ।
उनीहरूले नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै नेताहरूलाई फूल दिएका हुन् ।
यसअघि संसदीय दलको नेतामा रामबहादुर थापा बादललाई चयन गरेपछि पार्टीका युवाहरूले निरन्तर विरोध गरिरहेका छन् ।
उनीहरूले संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई चयन नगरेको भन्दै सोही दिन विरोध प्रदर्शन गरेका थिए ।
हिजो पनि पार्टी केन्द्रीय कार्यालयमा प्लेकार्डसहित प्रदर्शन, मौनधारण लगायतका कार्यक्रम गरिएको थियो ।
आज भने फूल दिएर नेताहरूलाई नेतृत्व परिवर्तनको रुपमा शुभकामना दिएका हुन् ।

प्रतिक्रिया 4