+

विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली चीन जाँदै

२०८२ चैत  २० गते १४:५३ २०८२ चैत २० गते १४:५३
विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली चीन जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्लाम्बिङ टोली २०औं एसियाली खेलकुद छनोट र विश्व च्याम्पियनसिपमा सहभागी हुन आइतबार चीन जाने भएको छ।
  • पुरुषतर्फ तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।
  • एसियाली क्लाइम्बिङ च्याम्पियनसिप अप्रिल ८ देखि १२ र विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनमा हुनेछ।

२० चैत, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ ।

दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन् ।

एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ । नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ ।

एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नु पर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जनाएका छन् ।

त्यस्तै विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ । यसमा बाउल्डर विधा मात्र समावेश छ ।

दुई प्रतियोगिताको बीचको अवधिमा खेलाडी प्रशिक्षणमा सहभागी हुने क्लाम्बिङ संघका सचिव सुजित कँडेलले जानकारी दिए ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

क्लाइम्बिङ टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय