+
+
Shares

रेमिट्यान्स कम्पनीले ४ वर्षभित्र चुक्ता पूँजी १० करोड पुर्‍याउनुपर्ने 

केन्द्रीय बैंकले अहिले तोकिएको वर्ष अनुसारको सीमा हटाइ २०८७ सम्म पुर्‍याए हुने व्यवस्था गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको समयसीमा ४ वर्ष थप गरी २०८७ असारसम्म पुर्‍याएको छ।
  • नयाँ नियमावली अनुसार रेमिट्यान्स कम्पनीले २०८७ सम्म न्यूनतम २५ करोड चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ।
  • १० करोड पूँजी कायम गर्नुपर्ने कम्पनीहरूका लागि पनि समय सीमा खुकुलो बनाइएको छ।

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको समयसीमा ४ वर्ष थप गरेको छ ।

केन्द्रीय बैंकले अहिले तोकिएको वर्ष अनुसारको सीमा हटाइ २०८७ सम्म पुर्‍याए हुने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विप्रेषण नियमावली २०७९ संशोधन गर्दै २०८७ असारसम्म तोकिएको पूँजी पुर्‍याए हुने व्यवस्था गरेको हो । यसअघि नियमावलीमा विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम ३ करोड, २०८२ असार मसान्तभित्र ४ करोड, २०८३ असार मसान्तभित्र ६ करोड, २०८४ असार मसान्तभित्र ८ करोड र २०८५ असार मसान्तभित्र न्यूनतम १० करोड चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो । अहिलेको संशोधन यो व्यवस्था हटाइ समय अवधि २ वर्ष झनै बढाएको हो ।

विनियमावली अनुसार सहायक कम्पनी मार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालन गर्ने रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी न्यूनतम २५ करोड रुपैयाँ तोकिएको छ । साथै, रेमिट्यान्स कार्ड जारी गरी विप्रेषण कारोबार गर्ने तथा राष्ट्र बैंकले तोके बमोजिमका अन्य कार्य गर्ने रेमिट कम्पनीले पनि २०८७ सम्म चुक्ता पूँजी २५ करोड पुर्‍याउनुपर्ने व्यवस्था विनियमावलीमा छ । विप्रेषण कम्पनीले पूँजी पुर्‍याएपछि मात्र सहायक कम्पनी मार्फत भुक्तानी र रेमिट कार्ड जारी गर्न सक्ने व्यवस्था छ ।

तर, यी काम नगर्ने रेमिट कम्पनीका हकमा भने १० करोड पूँजी हुनुपर्ने नियमावलीमा उल्लेख छ । केन्द्रीय बैंकले १० करोडको पूँजी कायम गर्नुपर्ने कम्पनीहरूका हकमा पूँजी वृद्धिको समय सीमा खुकुलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?