+
+
Shares

रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया समातिए

सरकारले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न पत्राचार गरेपछि प्रहरी आज मालपोत कार्यालय पुगेको थियो ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ चैत २० गते १५:०८

२० चैत, रौतहट । रौतहटको गौरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलिया पक्राउ गरेको छ ।

सरकारले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न पत्राचार गरेपछि प्रहरी आज मालपोत कार्यालय पुगेको थियो । त्यहाँ कार्यालयमा सेवाग्राहीसँग रकम लिएर काम गराउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चारै जनासँग सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?