२ असोज, काठमाडौं । फुटपाथमा पसल सञ्चालन गर्ने विराटनगरका खुद्रा व्यवसायीले विराटनगरमा बजार पसल बन्द गराएका छन् ।
प्रशासनले विराटनगरको मुख्य चोकसहित सडक किनारामा रहेका फुटपाथ पसल हटाएपछि सोको विरोधमा खुद्रा व्यवसायीहरुले बजार पसल बन्दा गराएका हुन् । उनीहरुले पसल खोल्नेहरुलाई दबाब दिएर बन्द गर्न लगाएका थिए । व्यवसायीको दबाबका कारण विराटनगरको मुख्य बजारका सबै पसल प्राय बन्द भएका छन् ।
बन्द गराउँदै हिड्ने १५ जना पक्राउ
प्रशासनले फुटपाथ पसल हटाएको विरोधमा विराटनगर बन्द गराउँदै हिँडेका १५ जना खुद्रा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई पसल बन्द गराउँदै हिँडेको अवस्थामा पक्राउ गरिएको हो । दसैंको मुखैमा व्यवसायीले वन्द गराउँदा सर्वसाधारण मारमा परेका छन् ।
बुधबार प्रशासनले सुरक्षाकर्मीसहित विराटनगरमा रहेका फुटपाथ पसल हटाएको थियो ।
ध्रुव भट्टराई